निर्बाचन घोषणाप्रति नेकपा एकीकृत समाजबादी असन्तुष्ट




काठमाडौं।सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले बैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ।

स्थानीय चुनावका सन्दर्भमा संविधान र कानुन बाझिएकाले संविधान अनुकूल कानुन संशोधन गर्न आफूहरुले दिएको सुझावको सुनुवाइ बिना नै निर्वाचन घोषणा गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो। महासचिव डा। बेदुराम भुसालले एक रेडियोसंगको कुराकानीमा चुनाव घोषणा संविधान संविधानविपरीत भएको दाबी समेत गरेका छन्।

। भुसालले यस विषयमा अदालतमा मुद्दा पर्न सक्ने संकेत गर्दै मिति घोषणा भए पनि चुनाव हुने वा नहुने अन्यौल कायमै रहको टिप्पणी गरे।

२०७४ मा तीन चरणमा चुनाव भएकाले बैशाख ३० मा चुनाव गर्दा कतिपय जनप्रतिनिधिको कार्यकाल संविधानबमोजिम पाँच वर्ष नपुग्ने महासचिव भुसालले जिकिर गरे।

‘बैशाख ३१ गते चुनावबाट निर्वाचित जनप्रतिनिधिको हकमा कार्यकाल पूरा भए पनि असार १४ र असोज २ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पूरा हुँदैन,’ भुसालले भने, ‘मेरो संवैधानिक हक मिचियो भनेर जो कोही प्रतिनिधिपनि अदालत जान सक्ने अवस्था छ।’

बैशाख ३० गते स्थानीय चुनाव गर्ने सरकारको निर्णय
महासचिव भुसालले आफूहरु चुनावमा जान नडराएको तर संविधानका प्रावधान मिचेर बनाइएको कानुनमा टेकेर अघि बढ्नु गलत हुने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्