यथास्थितिमा एमसीसी पारित गर्नु हुँदैनः महामन्त्री पाठक
काठमाडौं । राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् । उनले भने,‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन । एमसीसी सम्झौतामा भएका केही दफाहरु विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने खालका छन् । त्यसैले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन र, यथास्थितिमा एमसीसीबारे संसद्मा मतदान भयो भने राप्रपाले विपक्षमा मतदान गर्छ ।’

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महामन्त्री पाठले यस्तो बताएका हुन् । उनले पार्टी कुनैपनि हालतमा नफुट्नेसमेत दाबी गरे । उनले भने,‘निवर्तमान अध्यक्ष कमल थापाले केही माग राख्नुभएको छ । ती मागबारे पार्टीभित्र अनौपचारिक रुपमा छलफल जारी छ । हिजो बिहान निवर्तमान अध्यक्ष कमल थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ। यो आईसब्रेक भएको छ । कसरी मिलेर जाने भन्ने विषयमा उहाँहरुबीच छलफल भएको छ । अब पार्टी विभाजन हुने सम्भावना छैन ।’साक्षात्कारमा बोल्दै पाठकले अब पार्टी एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन् । उनले भने,‘राप्रपा फुद्दैन भन्ने आाधार त लामो समयपछि निवर्तमान अध्यक्ष थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । यो त आईसब्रेक भयो । उहाँहरुबीच सम्वाद प्रारम्भ भयो । पार्टीका सबै तह र तप्काका साथीहरुले पनि पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पक्षमा र्छौं । अब हामीले स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो भने पार्टीको अर्जुनदृष्टि निर्वाचनमा राख्छौं ।’
पत्रकार धमलाले निवर्तमान अध्यक्ष कमल थापाले त महाधिवेशनमा नर्मल निवासको हस्तक्षेपबारे छानबिनको माग गर्नुभएको छ ? छानबिन हुन्छ कि हुँदैन् ? भन्नेबारे प्रश्न राखेकोबारे उनले भने,‘अहिले पूर्व अध्इक्ष र वर्तमान अध्यक्षबीच सम्वाद प्रारम्भ भएको छ । उहाँहरुको बीचमा फेरि पनि भेटवार्ता हुनसक्छ। केही न केही निश्कर्ष निस्किन्छ । पार्टी विभाजन हुने सम्भावना छैन ।

