एमालेले बोलायो सचिवालय बैठक, स्थानीय तह निर्बाचनबारे छलफल हुने



काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दै छ। दिउँसो १ बजे भक्तपुरको एक पार्टी प्यालेसमा बैठक हुन लागेको हो।

स्थानीय तहको चुनाव तथा अरु समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ।

स्थानीय तहको चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको मनसायको एमालेले तीव्र विरोध गर्दै आएको थियो।

चौतर्फी विरोधपछि सरकारले आउँदो जेठको पहिलो हप्ता स्थानीय चुनाव गर्ने गरी तयारी थालेको छ। यही परिवेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्