स्वर्गीय शेर्पाको परिवारलाई राप्रपाको समबेदनापत्र



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी सोलुखुम्बुले स्वर्गीय सोनामछिरिङ शेर्पाको परिवारमा समबेदना प्रकट गरेको छ।सोमबार काठमाडौंको रामहिटीस्थित स्वर्गीय शेर्पाको निबासमै पुगेर जिल्ला अध्यक्ष राजेन्द्र बस्नेतसहितका नेताहरुले उनको परिवारलाई औपचारिक रूपमा समबेदनापत्र बुझाएको राप्रपा सोलुखुम्बुले जनाएको छ।समबेदनापत्र परिवारकातर्फबाट सोलुखुम्बु जिबिसका उपसभापति आङदोर्जी शेर्पाले ग्रहण गरेका थिए।

पछिल्लो समय राजनीतिक रूपमा निष्क्रिय स्वर्गीय शेर्पा लामो समयसम्म राप्रपामा आवद्ध रहेका थिए।राप्रपाको केन्द्रीय नेतृत्वमा रहेर विभिन्न जिम्मेवारी निर्बाह गरेका शेर्पा नेता बहादुर चन्द प्रधानमन्त्री हुंदा उनको राजनीतिक सल्लाहकार रहेका थिए।त्यतिबेला सोलुखुम्बुमा राप्रपालाई नेपाली कांग्रेससंगको मुख्य प्रतिस्पर्धी बनाउन उनले निर्बाह गरेको भूमिकाको सम्मान गर्दै आफ्नो सम्मानित र पुरानो नेताका रूपमा औपचारिक रूपमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई समबेदनापत्र हस्तान्तरण गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए।

समबेदनापत्र हस्तान्तरण गर्न शेर्पा निबासमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको प्रतिनिधिका रुपमा राप्रपाका केन्द्रिय सदस्य तीर्थराज चटौत,उपाध्यक्ष आङ्बाबु शेर्पा सहित राप्रपाका पुर्वनेताहरु इन्द्र राई ज्ञानेन्द्रजङ्ग बस्नेतको उपस्थिति रहेको अध्यक्ष बस्नेतले बताए ।

पुर्व प्रधानमन्त्री चन्दका प्रतिनिधि तथा राप्रपा केन्द्रीय सदस्य चटौतले स्वर्गीय शेर्पाले राप्रपामा गर्नुभएको योगदान अतुलनीय रहेको स्मरण गर्दै ०५४ सालमा पार्टी नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्नुभएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्