सबै तहका निर्वाचन समयमा नै गर्न नेपाल बारले गर्यो सरकारसंग आग्रह
काठमाडौं।नेपाल बार एसोसिएसनले
संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसंग आग्रह गरेको छ।

नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद् र संघीय संसद्, राष्ट्रिय सभालगायतका निकायको आवधिक निर्वाचनको व्यवस्था गरेको उल्लेख गर्दै बारले आइतबार एक विज्ञप्ति जारी गर्दै समयमा चुनाव नगर्नु लोकतन्त्र र विधिको शासनको उपहास भएकोउल्लेख गरेको छ। त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचनसम्बन्धी कानुनले गरेका छैनन्,’ महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बारले कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्नेरनगर्ने भन्ने विषय हुन नसक्ने उल्लेख गरेको छ। कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुनविपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ,‘ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनसमेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गरी लोकतन्त्रको रक्षा र संवर्द्धन गर्ने कार्यमा लाग्न नेपाल सरकार तथा सम्बन्धित सबैसँग हार्दिक अपिलसमेत गर्दछौँ।’

