नयाँ कार्य समिति चयनका लागि नेपाल बारको निर्बाचन चैतमा हुने
काठमाडौं- नेपाल बार एसोसियसनको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ। बारले नयाँ कार्यसमिति चयनका लागि मिति तय गरेको हो।

महासचिव लिलामणि पौड्यालले २६औं कार्यसमितिको निर्वाचन चैतमा हुने निर्णय भएको जानकारी दिए। उनका अनुसार निर्वाचनअघि एसोसियसनको १५औं सम्मेलन फागुनमा हुनेछ।
नयाँ कार्यसमितिको निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिलाई २०७९ वैशाख ३ गते पदभार हस्तान्तरण गर्ने कार्यक्रम हुनेसमेत महासचिव पौड्यालले जानकारी दिए।

