माओवादी केन्द्र सोलुका अध्यक्ष राईले पाए अर्को महत्वपूर्ण जिम्मेवारी
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्षअशिम राइले अर्को महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छन् ।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष समेत रहेका राईलाई संघीय सरकारको अर्थमन्त्रालयलेअर्को महत्वपूर्ण जिम्मेवारी दिएको हो।
मन्त्रालयको माघ ११ गतेको मन्त्री स्तरीय निर्णयबाट राईलाई संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ को दफा २२ बमोजिम गठित बिषयगत समितिको सदस्यमा मनोनयन गरेको छ।

