अशिम राईले पाए नेकपा माओवादी केन्द्र सोलुखुम्बुको अध्यक्षको जिम्मेवारी
सोलुखुम्बु।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बु जिल्ला समन्वय कमिटीको अध्यक्षको जिम्मेवारी अशिम राईले प्राप्त गरेका छन्।

मंगलबार सम्पन्न नेकपा माओवादी केन्द्र प्रदेश नं।१ कमिटीको बैठकले यस अघि जिल्ला समन्वय कमिटी सचिब रहेका राईलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। राई गत स्थानीय तह निर्बाचनबाट निर्बाचित जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष समेत हुन।
यसअघि माओवादी केन्द्र जिल्ला समन्वय कमिटीको अध्यक्ष गोम्बु शेर्पा कर्ज्याङु थिए।उनी केन्द्रीय प्रतिनिधि थिए।उनी पार्टी केन्द्रीय कमिटी सदस्यमा मनोनीत हुने सम्भावना बलियो रहेको बताईन्छ।राई अध्यक्ष भएपछि रिक्त सचिब पद भने जिल्ला समन्वय कमिटीको बैठकले पूर्ति गर्ने ब्यबस्था बिधानमा रहेको माओवादी केन्द्रले जनाएको छ।
प्रदेश १ बैठकले सोलुखुम्वु जिल्लाको सह(इन्चार्जको जिम्मेवारी ठमनाथ पराजुली ध्रुबू लाई दिएको छ।इन्चार्ज भने संघीय सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य हेमकुमार राई सुरबीर छन्।
अध्यक्षको जिम्मेवारी प्राप्त गरेका राई नेकपा माओवादी केन्द्र भित्र निकै लोकप्रिय नेता मानिन्छन् ।

