आज सर्बोच्चसहित देशभरका अदालत बन्द



पूर्वन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द हुने भएका छन्।

 

सर्वोच्च अदालतमा हिजो९शनिबार० बसेको बैठकले शर्माको निधनमा देशभरका अदालतमा आइतबार बिदा दिने निर्णय गरेको हो ।

सर्वोच्चकै निर्णयअनुसार सर्वोच्चसहित उच्च अदालत, पुनरावेदन अदालत लगायत देशभरका सबै अदालत आज बन्द हुनेछन् ।

पूर्वन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा माघ ५ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्