फेरि बढ्यो डिजेल,पेट्रोल र मट्टीतेल तेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ ।
आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० डलरले बढेर ९९५ पुगेको छ ।
खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा अत्यधिक घाटा भएपनि हाललाई पहिलेकै मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ ।

