गाउँपालिका अध्यक्ष बास्तोलालाई नेकपा माओवादी केन्द्र नेचासल्यानले बुझायो ज्ञापनपत्र



सोलुखुम्बु ।नेकपा माओवादी केन्द्र नेचासल्यानले आफुहरुसंग संबाद र सहकार्य नगरी गाउँपालिका एकलौटी ढंगले अघि बढेको आरोप लगांउँदै जिम्मेवार भएर अघि बढ्न ध्यानाकर्षण गराएको छ।

गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलालाई सोमबार ज्ञापनपत्र बुझाउंदै कार्यकाल अन्तिम हुनै लाग्दा समेत पूर्बप्रतिबद्दता अनुरुप कुनै काम हुन नसकेको भन्दै सो पार्टीले ३१ बुंदामा गाउँपालिकाको ध्यानाकर्षण गराएको हो।माओवादी केन्द्र नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष सीताराम भट्टराई तथा सचिब बियस राईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा गाउँपालिका नेतृत्वले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गाको ब्यबस्थापनका सन्दर्भमा उचित कदम चाल्न नसके आरोप लगाइएको छ।स्वास्थ्य,शिक्षा,कृषि, विद्युतीकरण र बिकास निर्माणका सवालमा विभिन्न प्रश्न उठाउंदै ज्ञापनपत्रमा उचित जवाफसहित खर्च विवरण सार्बजनिक गर्न गाउँपलिका नेतृत्वसंग माग गरिएको उपाध्यक्ष सुबास थुलुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्