चार बर्षपछि भयो प्रदेश २ को न्वारान : नाम रह्यो मधेस,राजधानी जनकपुरधाम



जनकपुर। प्रदेश २ को नाम ‘मधेश प्रदेश’ कायम भएको छ। सोमबार प्रदेश २ सभामा ‘मधेश प्रदेश’ नाम राख्ने प्रस्तावमा भएको मतदानमा दुई तिहाइ मत प्राप्त भएपछि सो नाम कायम भएको हो।प्रदेशको राजधानी जनकपुरधाम नै कायम भ छ।

प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा०सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।

तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्कृय भएको सभामुख सरोज कुमार यादवले जानकारी दिए । कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए ।
यसअघि ३ चैत २०७६ मा भएको मतदान भएपनि प्रदेशको नामाकरण हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्