मन्त्री रेग्मीसहित यी नेता भए कोरोना संक्रमित

काठमाडौं।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार आएको पीसीआर परीक्षण रिपोर्टमा रेग्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
उनी आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।
उता,एमाले उपाध्यक्ष बिष्णु पौडेल,महासचिव शंकर पौडेल,स्थायी समिति सदस्य भानुभक्त ढकाल, सुजिता शाक्य कांग्रेस नेता प्रकाशशरण महत लगायतका नेताहरु समेत कोरोना संक्रमित छन् ।

