सोलुखुम्बु : एमाले जिल्ला अधिबेशनको तयारी पूरा, ५ सय १७ जना प्रतिनिधि सहभागी हुने
सोलुखुम्बु।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको सातौँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।

पार्टीका केन्द्रीय सदस्य मानबीर राईले शुक्रवार मध्यान्ह उद्घाटन गर्ने अधिबेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि तथा पर्यवेक्षकहरु सदरमुकाम सल्लेरी आईपुगेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ।
सदरमुकाम सल्लेरीस्थित योङ स्टार क्लबको कभर्ड हलमा आयोजना हुने अधिबेशनमा आयोजक कमिटी, जिल्लाका सबै वडाबाट विभिन्न क्लस्टरबाट चुनिएका, जिल्ला कमिटी र स्थानीय तहबाट मनोनीत गरी जम्मा ५ सय १७ जना प्रतिनिधि सहभागी हुने जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले बिहिवार जारी गरेको प्रेस नोटमा जनाइएको छ।प्रेस नोटमा उल्लेख गरिए अनुसार अधिवेशनका लागि हल ब्यबस्थापन ,आवास ब्यबस्थापन, व्यवस्थापन,खाद्यान्न ब्यबस्थापन,प्रतिनिधिका लागि कार्ड ब्यबस्थापन, तथा प्रचार प्रसारका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
अधिबेशनलेअध्यक्ष,उपाध्यक्ष,सचिब र दुई जना उपसचिवसहित ९० सदस्यीय जिल्ला कमिटी निर्बाचित गर्ने छ।जसमा तेत्तीस प्रतिशत महिला अनिबार्य रहेको जिल्ला कमिटी सचिब आशकुमार राई शिशिरले जानकारी दिए।सचिब राईका अनुसार उद्घाटन पछि भोलिबाटै सुरु हुने बन्दसत्रमा अध्यक्ष डुफकुमार बास्तोलाले राजनीतिक,उपाध्यक्ष हर्कबहादुर राईले सांगठनिक र उपसचिव रामकाजी श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यसूची छ।

