काठमाडौं एमालेले भोलि मुलपानीमा एक लाख जनता उतार्ने
काठमाडौं।नेकपा एमालेका पोलिटव्यरो सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले भोलि पौष २३ गते अन्तरास्ट्रिय क्रिकेट मैदान मुलपानीमा एक लाख जनता उतार्ने बताएका छन।

काठमाण्डौ बानेश्वर स्थित अर्याल होटलमा आयोजित पत्रकार सम्मेलनलाई संबोधन गर्दै अध्यक्ष राईले नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ अधिवेसनमा काठमाण्डौ जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट १ लाख जनता सहभागी हुने दावी गरेका छन।
काठमाण्डौ जिल्लाका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्र,११ नगर र १३८ वटा वडाहरुबाट नेकपा एमालेलाई माया गर्ने काठमाण्डौवासीहरुको सहभागिता रहने जानकारी दिदै अध्यक्ष राईले वर्तमान सरकार पांच दलीय गठबन्धन नभई अदालत सहित ६ दलीय गठनबन्धन रहेको भन्दै कटाक्ष समेत गरेका थिए।
नेकपा एमालेमा काठमाण्डौ जिल्लाका कुनै पनि राजनीतिक दल संग खुल्ला सभा गर्न सक्ने सामर्थ्य नदेखिएको भन्दै राईले काठमाण्डौ जिल्लाका११ नगर र १३८ वटा वडाहरुमा पौष २० गते जिल्ला अधिवेसनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी पनि दिएका थिए।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाण्डौ इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय सदस्यहरु नारायण सिलवाल,केशव स्थापित,रुपनारायण श्रेष्ठ,विद्यासुन्दर शाक्य,बिना श्रेष्ठ,सरिता न्यौपाने,शान्ति अधिकारी लगायतको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा जिल्ला अधिवेसनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो।

