अनेरास्ववियु नेचासल्यानको पहिलो गाउँपालिका अधिबेशन सम्पन्न,अध्यक्षमा बिष्ट
सोलुखुम्बु ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नेचासल्यान गाउँपालिका कमिटीको प्रथम गाउँ अधिबेशन सम्पन्न भएको छ।

अनेरास्ववियु जिल्ला इन्चार्ज जगनाथ बास्तोलाको प्रमुख आतिथ्य मा सम्पन्न अधिबेशनले सुमन बिस्टको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्बसम्मत रूपमा चयन गरेको छ।
कमिटीको उपाध्यक्षमा सोमु शेर्पा,
सचिबमा देबेन्द्र ढुङ्गेल,सहसचिवत्रयमा दया खड्का, माइकल नेवार र शारदा कार्की तथा कोषाध्यक्षमा अनुपा कटेल रहेको अनेरास्ववियु नेचासल्यानले जनाएको छ।
विद्यार्थी नेता टीकाराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु पूर्ब जिल्ला अध्यक्ष सीता फुयाल , नेकपा एमाले नेचासल्यानका सचिव ओमप्रसाद बास्तोला र युवानेता नवराज जमरकट्टेल लगायतको उपस्तिथि रहेको थियो ।

