माओवादी केन्द्र महाधिवेशन : आज राजनीतिक प्रतिबेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै प्रचण्ड
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०को जारी आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज ९शुक्रबार० अध्यक्ष पुष्पकमल दाहाला ‘प्रचण्ड’ले आफूले पेश गरेको राजनीतिक प्रतिवेनमाथि उठेको प्रश्नको जफाव दिँदै छन् । महाधिवेशन यही पुस ११ देखि प्रज्ञा प्रतिस्ठान कमलादीमा जारी छ ।

शुक्रबार साँझ महाधिवेशनस्थल कमलादीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आज दिउँसो १ बजेबाट बन्द सत्र सुरु हुनेछ । बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगमा प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ । त्यपछि अध्यक्ष प्रचण्डले आफूले पेश गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ माथि उठेको प्रश्नको उवाफ दिने छन् ।
बुधबार र बिहीबार अध्यक्ष प्रचण्डबाट प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएका समूहगत छलफलका निष्कर्षहरु प्रस्तुति भएको थियो ।
उक्त प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल गर्ने र समूह नेताहरूले छलफलको निष्कर्ष सुनाइएको थियो । बुधबार ११ र बिहीबार १४ वटा समूहका नेताले आआफ्नो समूहको निष्कर्ष सुनाएका थिए ।

