प्रेस चौतारीले तोक्यो केन्द्रीय अधिवेशनको मिति,माघ २२ गतेदेखि पोखरामा हुने
काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले तीनै तहका अधिवेशनको मिति तोकेको छ।

लुम्बिनीमा जारी केन्द्रीय कमिटी बैठकले जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशनको मिति तोकेको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।
केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ। यस्तै, जिल्ला अधिवेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३–६, मा गर्ने निर्णय बैठकले गरेको छ।

