बज्रबाराहीमा पूर्वयुवराज्ञी हिमानीको भब्य स्वागत



ललितपुर।पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको बज्रवाराहीमा विशेष पूजा आराधना तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको छ।

नेवा एकता समाजले बज्रवाराही मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा बज्रवाराही शक्ति पीठको पूजा गर्नुका साथै वहाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको राप्रपा केन्द्रीय सदस्य बिजयकला राईले जानकारी दिइन।

दर्शन तथा पुजाका क्रममा वहांलाई पुजारी बासुदेव कर्माचार्यले टीका लगाई दिएको जानकारी पनि दिइन।राईका अनुसार पूर्वयुवराज्ञी हिमानी त्यहाँ पुग्दा स्थानीयले वहाँको भब्य स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्