अस्पताल निर्माणमा मैदेल सेरोफेरो गुरुङ समाजको आर्थिक सहयोग अतुलनीय : अध्यक्ष राई
काठमाडौं। सोलुखुम्बु जिल्लास्थित थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राइले विपन्न जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित निर्माण शुरु गरिएको दुधकोसी सामुदायिक अस्पतालका लागि उल्लेख्य आर्थिक सहयोग गरेर मैदेल सेरोफेरो गुरुङ समाजले अतुलनीय योगदान गरेको बताएका छन् ।

समाजद्वारा शुरु गरिएको आर्थिक सङ्कलन अभियान समापनका क्रममा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले सो कुरा बताएका हुन।राईका अनुसार अभियानका क्रममा संस्थाका अध्यक्ष गणेशबहादुर गुरुङ र महासचिव गोबिन्द गुरुङको मार्गदर्शनमा मुलुकभित्र र बाहिरबाट ६० लाख रकम संकलन गरी समाजले अस्पताल निर्माणका लागि हस्तान्तरण गरेको छ।गाउँपालिकाको केन्द्र मुक्लीमा अस्पताल निर्माण अभियानमा सहयोग गर्ने दाताहरुप्रति आभार प्रकट गर्दै राईले सम्पूर्ण सहयोगीहरुको पुर्ण विवरण शिलालेख,बुकलेट तथा वेवसाइटमा राखिने तथा बुकलेटमा छापिने जानकारीसमेत अध्यक्ष राईले कार्यक्रममा गराएका थिए।
कार्यक्रममा अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्ने १ सय ३ जना दाताहरुलाई कदरपत्रसहित सम्मानित गरिएको थियो।अबको केहि महिनाभित्र अस्पताल निर्माण सम्पन्न गरि सफल सन्चालन गरिने अध्यक्ष राइको भनाइ छ।

