कांग्रेस १४ औं महाधिवेशनः सोलुखुम्बुले पायो दुई केन्द्रीय सदस्य



सोलुखुम्बु। नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनमा सोलुखुम्बु जिल्लाबाट २ जना केन्द्रीय सदस्य निर्बाचित भएका छन् ।

विभिन्न क्लष्टर अन्तर्गत सोलुखुम्बुबाट १० जना महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकोमा खुलातर्फ एक र जनजातितर्फबाट एक जना निर्बाचित भएका हुन्।

महाधिबेशन अन्तरगत भएको निर्वाचनको परिणाम अनुसार खुल्ला तर्फ पूर्बमन्त्री बलबहादुर केसी र जनजातितर्फ नेपाली कांग्रेस सोलुखुम्बुका पूर्बसभापति आङगेलु शेर्पा बिजयी भएका हुन।बिहिवार सार्बजनिक मतिपरिणाम अनुसार केन्द्रीय सदस्यमा निर्बाचित शेर्पाले जनजाति कलष्टरबाट १८९६ मत प्राप्त गरेका छन् ।

यसैगरी केहि दिन अघि सार्बजनिक मत परिणाम अनुसार खुला केन्द्रीय सदस्यमा निर्बाचित पूर्बमन्त्री केसीले केसीले २ हजार ३ सय ८८ मत प्राप्त गरेका थिए। ३५ जना खुला केन्द्रीय सदस्यको निर्बाचनमा चुनावमा ९९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । पूर्बमन्त्री केसी यसअघि पनि पटकपटक केन्द्रीय सदस्य भइ सकेका नेता हुन।उता शेर्पाको भने केन्द्रीय समितिमा पहिलो पटकको इन्ट्री हो।

 

प्रतिक्रिया दिनुहोस्