संगठित रूपमा धर्म परिवर्तन गराउंदा पनि सरकार मौन बसेको कमल थापाको आरोप
काठमाडौं । राप्रपाका नेता कमल थापाले संगठित रूपमा धर्म परिवर्तन गराउने गतिविधि बढेको दाबी गरेका छन् । संविधानविपरीतका यस्ता गतिविधि बढे पनि सरकार मौन बसेको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रश्न तेर्साएका छन् ।

थापाले बुधबार बिहान प्रधानमन्त्री देउवालाई मेन्सन गर्दै प्रश्न गरेका छन्–धर्मपरिवर्तनको महारोग तीव्र गतिमा फैलिरहेको छ। संगठित रूपमा लोभलालच र भ्रम सिर्जना गरेर भइरहेको संविधानविपरीतको यो कार्य रोक्नेबारे सरकार किन मौन छ रु संगठित रूपमा धर्म पविर्तन गराइएको दाबी गरे पनि कोबाट कसरी भइरहेको छ भन्नेबारे भने थापाले केही प्रष्ट पारेका छैनन् ।
थापाले नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म,संस्कृति र परम्परा भएको उल्लेख गर्दै स्वधर्मको रक्षा गर्न पनि आग्रह गरेका छन् ।

