पर्यटन बोर्डका सीईओ निलम्बित



एयरपोर्टमा कर्मचारी कुटेर विवादमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीडीओ) डा। धनन्जय रेग्मीलाई निलम्बन गरिएको छ ।

बोर्डको शुक्रवार बसेको बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गरेपछि निलम्बन गरिएको छ ।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका कामकारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

सीईओ रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारपछि स्पष्टीकरण सोधिएको थियो । रेग्मीलाई निलम्बन गरिएसँगै कार्यबाहक सीईओको जिम्मेवारी नन्दिनी थापालाई दिइएको छ ।

विदेशबाट फर्किंदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले रेग्मीलाई स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्