एउटा समूहबाट निर्बाचन लडेपनि म सिंगो पार्टीको महामन्त्री हुँ : थापा
काठमाडौं।कांग्रेसको १४ औं महाधिवेशनको महामन्त्री पदमा जितेपछि गगन थापाले गलत मान्छेलाई छान्ने भन्ने अवस्था आउन नदिने बताएका छन्।

ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा मत परिणाम सार्वजनिक भएपछि पत्रकारहरूसँग बोल्दै आफूले नथाकी जिम्मेवारी निर्वाह गर्ने बताएका हुन्।आफूलाई छान्ने नेताहरूले गलत मान्छेलाई छानेको भन्ने आभाष नगराउने उनले बताए।
महामन्त्रीको रूपमा मैले आज जुन एउटा जिम्मेवारी प्राप्त गरेको छु, यो जिम्मेवारी इमानदारीतापूर्वक निर्वाह गर्छु। मैले मेरो महाधिवेशनका प्रतिनिधि साथीहरूलाई एकदिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन दिन्नँ भनेको थिएँ। त्यो कुरामा इमानदारीपूर्वक काम गर्छु,ु उनले भने, ुम एउटा समूहमा बसेर निर्वाचन लडेँ। समूहप्रति मेरो विशेष सम्मान छ। तर जिम्मेवारी पाएपछि अब म सिंगो पार्टीको महामन्त्री हुँ।ु
थापा कांग्रेसको १४ औं महाधिवेशन मा ३०२३ मत ल्याएर महामन्त्रीमा बिजयी भएका थिए।आज दिउँसो सम्पन्न मतगणनामा अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मा बिजयी भएका थिए।उनले १९८४ ल्याउंदा प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १४९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत पाएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

