कांग्रेस उपसभापतिमा गुरुङ र खड्का निर्बाचित
काठमाडौं।नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।

उपसभापतिका पाँच जना उम्मेदवारलाई पराजित गर्दै खड्का र गुरुङ उपसभापति बनेका हुन्। कांग्रेसमा पहिलो पटक उपसभापति पनि निर्वाचित हुने व्यवस्था गरिएको हो।
बुधबार राति साढे १२ बजेसम्म मतगणना अनुसार विजयकुमार गच्छदारलाई दुई मतले पछि पार्दै गुरुङ उपसभापतिमा निर्वाचित भएका हुन्। खड्का धेरै मतान्तरले अगाडि थिए भने गुरुङ र गच्छदारबीच तीव्र प्रतिस्पर्धा भएको थियो।
खड्का सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा टिमका हुन् भने गुरुङ सभापतिमा पराजित डा। शेखर कोइराला टिमका हुन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये उपसभापतिमा ४६७९ जनाले मतदान गरेका थिए।
सभापतिमा बुधबार बिहान शेरबहादुर देउवा विजयी भइसकेका छन्। अब महामन्त्रीको मत गणना अहिले बिहान हुने निर्वाचन समितिले जनाएको छ।

