शिक्षक सेवा आयोगले खोल्यो बिज्ञापान,एक हजार ५४४ मावि शिक्षकको माग( कुन बिषयका कति?)



काठमाडौं।शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षकको पदपूर्तिका लागि आवेदन माग गरेको छ । मंगलबार आयोगले एक हजार ५४४ मावि शिक्षकका लागि खुला विज्ञापन गरेको हो ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले आज सूचना प्रकाशित गरेको छ ।

नयाँ विज्ञापन अनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।

आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता र पिछडिएको क्षेत्रका उम्मेद्वारको लागि पनि कोटा तोकेर विज्ञापन गरेको हो । नेपाली विषयको लागि २ सय ३१ जना शिक्षकको माग भएको छ । यस्तै, अंग्रेजी विषयको लागि तीन सय १२ जना, गणितको लागि दुई सय ८९ जना, विज्ञानको लागि चार सय ३५ जना, सामाजिक विषयको लागि दुई सय एक जना र अर्थशास्त्र विषयमा १० जनाको लागि विज्ञापन गरिएको आयोगले जनाएको छ ।

यस्तै कार्यलय सञ्चालन तथा लेखा विषयको लागि ५१ जना, शिक्षाको लागि एक जना, शुक्लयजुर्वेदमा दुई जना, स्वास्थ्यमा दुई जना, संस्कृत व्याकरणको लागि २ जना, संस्कृत भाषाको लागि तीन जना, संस्कृत साहित्यको लागि एक जना, कम्प्युटर विज्ञानको लागि ६ जना र न्याय विषयको लागि एक जना शिक्षक विज्ञापन खुला भएको हो ।

प्रतिक्रिया दिनुहोस्