नाङ्लो ठटाएर हात्ती तर्साउने दुष्प्रयास नगर्न सभामुखलाई एमाले अध्यक्ष ओलीको चेतावनी



प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिएका छन्।

मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन चेतावनी दिएका हुन्।

उनले संसदमा आफ्नो पार्टीका सांसदले बिरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुलाई धम्की दिए परिणाम नराम्रो हुनेसमेत बताए।

अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराए।

‘फेयर गराउन हामी बाध्य गराउँछौं। संसद पनि फेयरल्ली चलाउनुपर्छ। त्यसैले नियमावली आकर्षित हुन्छ वाहरु संसदीय भाषा, नियमावली आकर्षित हुन्छ, कहाँ कहाँ नियमावली आकर्षित हुन्छरु त्यसो भएर धम्की दिने जमाना थियो होला, अब नदिए हुन्छ’, अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसदबाट निकाल्छु, नियमावली आकर्षित हुन्छ, कारबाही गर्छु भनेर उत्तेजित भाषा नबोल्न सभामुख सापकोटालाई सचेत गराए।

‘नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन। निकाल्छु भन्नेलाई, कारबाही गर्छु भन्नेलाई, नियमावली आकर्षित हुन्छ भन्नेलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु। आवेग उत्तेजनामा नआउनुस् । परिणाम नराम्रो होला।’

प्रतिक्रिया दिनुहोस्