प्रतिनिधिसभाको दशौं अधिबेशन आजबाट,यस्तो छ कार्यसूची



संघीय संसद्अन्तर्गत आज ९मंगलबार०देखि प्रतिनिधिसभाको दशौँ अधिवेशन सुरु हुँदै छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरिएको छ।

दशौँ अधिवेशनको पहिलो बैठकमा विभिन्न अध्यादेश प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्त्री पत्र पढेर सुनाउने र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामावली मनोनयनगर्ने कार्यसूचीसमेत रहेको छ।

आजको बैठकमा सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय०, पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश–२०७८ पेश गर्नेछन्।

त्यसैगरी, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

यसअघि सोमबार सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशनको तयारीको अवलोकन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्