आएन कसैको बहुमत ,कांग्रेस सभापतिका लागि पुनः मतदान हुने
काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा सभापतिका कुनै पनि आकांक्षीले पचास प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ ।

जम्मा ४६७९ मत गणना हुँदा सभापतिका उमेदवार शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १७२९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुनका लागि कुल खसेको मतको पचास प्रतिशत मत प्राप्त गर्नु अनिवार्य छ ।तर कुनै पनि उमेदवारको पचास प्रतिशत मत नआउँदा दोस्रो चरणमा जान लागेको हो । जसमा देउवालाई ८२ मत पुगेन भने कोइरालालाई ६११ मत अगुग भएको छ ।

