सोलुखुम्बु : विभिन्न माबिमा अनेरास्ववियुद्वारा प्रारम्भिक कमिटी गठन
सोलुखुम्बु।अनेरास्ववियू सोलुखुम्बुको ११ औं जिल्ला सम्मेलनलाई लक्षित गर्दै अनेरास्ववियुले जिल्लाका विभिन्न विद्यालयमा प्रारम्भिक कमिटी गठनलाई तीब्रता दिएको छ।

यसैक्रममा नेचासल्यानको महेन्द्रोदय माबि, बीपी संस्कृत माबि , हिमाल दर्शन क्याम्पस,सिंहकाली माबि तिङ्ला र सगरमाथा माबि बुङमा आज प्रारम्भिक कमिटी गठन गरिएको अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ।
नेचासल्यानस्थित महेन्द्रोदय माबिमा कृस्चल बस्नेतको अध्यक्षतामा ७१ सदस्यीय,बीपी संस्कृत माबिमा अनिल नेवारको अध्यक्षतामा ४५ सदस्यीय र हिमाल दर्शन क्याम्पसमा उत्सव ढुंगेलको अध्यक्षतामा १७ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको अनेरास्ववियुका नेता सरोज भट्टराईले जानकारी दिए।
महेन्द्रोदय माबि प्रारम्भिक कमिटीको उपाध्यक्षमा मिङडिकी शेर्पा र एलिना खडका सचिबमा मुना खडका ,सह(सचिबद्वयमा मिलन मगर र अनुषा राई तथा
कोषाध्यक्षमा गङगा राई रहेको भट्टराईले बताए ।उनका अनुसार अनेरास्ववियु जिल्ला कमिटी सदस्य रामप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भेलाद्वारा गठित हिमाल दर्शन क्याम्पस प्राकको उपाध्यक्षमा राजु शर्मा सचिवमा लिला कटेलसहसचिवमा सम्झना बास्तोला रकोषाध्यक्षमा विपना प्रधान रहेका छन् ।
यसैगरी सिंहकाली माध्यमिक विद्यालय दुधकुण्ड नगरपालिका ११ तिङलामा नेत्रजंग बस्नेतको अध्यक्ष तामा ७५ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको अनेरास्ववियुका नेता मिलन नाछिरिङले जानकारी दिए।कमिटीको उपाध्यक्षमा जमुना भुजेल र विमला बस्नेत सचिवमा तुलसा बस्नेत सहसचिवद्वयमा पुजा बुढाथोकी र समिर खड्का तथा
कोषाध्यक्षमा निर्मला राई रहेका छन्।प्रारम्भिक कमिटी अन्तर्गत गठित खेलकूद बिभाग संयोजकमा योगेन्द्र बस्नेत ,सांस्कृतिक संयोजक बिमला कार्की,शैक्षिक विभाग प्रमुखमा कमला कार्की र साहित्य संयोजकमा विपना बस्नेत रहेको उनले जानकारी दिए।
उता,बुङको सगरमाथा माबिमा नेपाल किरातको अध्यक्षतामा ४५ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा तारा कुलुङ र दिप कुलुङ
सचिबमा अभय कुलुङ
सह(सचिवमा करुणा कुलुङ र
कोषाध्यक्षमा बुद्ध कला कुलुङ रहेको नाछिरिङले जानकारी दिए।कमिटी अन्तर्गत गठित सांस्कृतिक बिभाग संयोजकमा अनुशा कुलुङ
खेलकुद बिभाग संयोजकमा पबिन कुलुङ रहेका छन् ।

