दोश्रो चरणमा शेखरलाई सघाउने निधिको घोषणा



काठमाडौं।नेपाली कांग्रेसको सभापतिका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवाइतर पक्षबीच मोर्चाबन्दी हुने बताएका छन्।

उनले पहिलो चरणमा कसैले पनि सभापति जित्न नसक्ने बताउँदै निधिले दोस्रो चरणमा सभापतिका लागि मतदान गर्ने स्थिति बनेमा शेखर कोइरालालाई सघाउने समेत बताए।

भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले भने, ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउने सम्भावना छैन। दोस्रो चरणमा देउवाइतर रहेका हामी सबै एक हुन्छौं।’

प्रतिक्रिया दिनुहोस्