कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमै खुम्चिए बलबहादुर, सोलुखुम्बुबाट दस जनाको उम्मेदवारी



सोलुखुम्बु। नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनका क्रममा हुने निर्बाचनका लागि सोलुखुम्बु जिल्लाबाट केन्द्रीय सदस्य पदका लागि दसजनाको उम्मेदवारी परेको छ।

पटकपटक पार्टीको केन्द्रीय नेतृत्वमा रहंदै आएका पूर्बमन्त्री बलबहादुर केसीले यस पटक आफुले केन्द्रीय उपसभापतिमा उम्मेदवारी घोषणा गरेपनि अन्ततः उनी पनि केन्द्रीय सदस्यमा नै खुम्चिन पुगेका छन् । मनोनयन दर्ताका लागि शनिबार ५ बजेसम्मको निर्धारित समयभित्र केसीले खुल्ला केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीसंगै नेपाली कांग्रेस उद्योग ब्यापार बिभागका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीले पनि खुलातर्फबाटै केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।उनी सोलुखुम्बु जिल्ला अधिबेशनमा महाधिवेशन प्रतिनिधिमा खुलातर्फ सबैभन्दा बढीमत ल्याएर निर्बाचित भएका नेता हुन।खुल्ला सदस्यमै अर्का नेता मनोज खडकाको पनि उम्मेदवारी परेको छ।

नेपाली कांग्रेस सोलुखुम्बुका पूर्ब सभापति आङगेलु शेर्पाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।शेर्पालेआदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन।उनीसँग कांग्रेस आदिवासी जनजाति बिभागका केन्द्रीय सदस्य एबम् चर्चित पर्यटन ब्यबसायी आङछिरिङ शेर्पाले पनि आदिबासी जनजाति कोटाबाट उम्मेदवारी दर्ता गराएका छन् ।यसैगरी,छिन्डी ल्हमु शेर्पा र
कुशराज राईले पनि आदिदिबासी जनजाति कोटाबाट उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।

उता खिलाराज बस्नेतले भूगोल
प्रभुराम बस्नेतले खसआर्य र धर्म नेपालीले दलित कोटाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्