बिश्वप्रकाश र सुजाता पुगे प्रकाशमान क्याम्पमा,कोइराला परिवार बिभाजित

काठमाडौं।संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गर्ने प्रयास विफल बनेसंगै नेपाली राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्बाह गर्दै आएको कोइराला परिवार बिभाजित बन्न पुगेको छ।

कोइराला परिवारबाट शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दर्ता गराएपनि सोही परिवारकि नेत्री सुजाता कोइरालाले प्रकाशमान सिंह समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गरेकी छन् ।
उता शेरबहादुर देउवाको प्यानलमा रहंदै आएका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । उनी एक्लै महामन्त्रीमा उम्मेदवारी दर्ता गर्न गएका थिए ।महामन्त्रीमा उम्मेदवारी दर्ता गरेर फर्केपछि शर्माले आफूले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएको घोषणा गरेका छन् ।

