देउवाले महामन्त्रीमा पौडेल रोजेपछि बिश्वप्रकाश अर्को टीम खोज्दै,महामन्त्रीमै उम्मेदवारी दिने
काठमाडौं।कृष्ण प्रसाद सिटौला समूहबाट प्रदीप पौडेललाई महामन्त्री दिने सभापति शेरबहादुर देउवाले सहमति गरेपछि असन्तुष्ट नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।

देउवाले आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार नबनाएपनि शर्माले महामन्त्रीमै उम्मेदवारी दिने बताएका छन् । शर्माले आफू संस्थापनपक्षको टिममा नपरेको स्वीकार गरेका छन् । तर, आफ्नो उम्मेदवारी महामन्त्रीमा हुने उनले बताए । उनले टिमका बारेमा अझै निर्णय नभएको बताएका छन् ।
शर्माले भने, ‘शेरबहादुर दाइको टिममा परिन, तर म महामन्त्रीमा लड्छु कुन टिम भन्ने फाइनल भएको छैन् ।’

