कांग्रेस १४ औं महाधिवेशन:उद्घाटनस्थलमै देउवा- पौडेल सवाल जवाफ



काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई फेरि एकपटक जिताउन महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरेका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकारले निर्वाचन गराए तीनै तहमा कांग्रेसको सरकार बनाएर छाड्ने उद्घोष गरे।ुनेपाली कांग्रेसको सरकार बन्छ बन्छ बन्छ। त्यो मेरो जिम्मा भयो,ु देउवाले भने।

सम्बोधनका क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अस्तव्यस्त र गतिहीन भएको आरोप लगाएका थिए। त्यसैको जवाफ दिँदै देउवाले आफ्नो सरकार आएको भोलिपल्टदेखि नै जनता खुशी भएको दावी गरे।

उद्घाटन सत्रलाई उपसभापति बिमलेन्द्र निधि,बिजयकुमार गच्छदार,महामन्त्री सशांक कोइराला, कृष्णप्रसाद सिटौला,सुनिल बहादुर थापा,प्रकाशशरण महत लगायतले सम्बोधन गरेका थिए।

त्यस अघि नेकपा एमाले अध्यक्ष केपी ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत विपक्षी नेता र बिदेशी अतिथिहरुले कांग्रेस महाधिवेशन सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।उद्घाटन सत्र सकिए लगत्तै अब बन्द सत्र सुरु हुने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्