बिना निष्कर्ष टुंगियो संस्थापन इतर समूहको बैठक, संन्यास लिने पौडेलको चेतावनी
काठमाडौं।नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर समूहबाट सभापतिमा साझा उम्मेदवार तय हुन नसके आफुले सन्यास लिने चेतावनी दिएका छन् ।

बुधबार बिहानदेखि नै सभापतिको साझा उम्मेदवार तय गर्न भएको प्रयास असफल भएपछि सो समूहका नेतालाई पौडेलले सो चेतावनी दिएका हुन्।सभापतिका प्रमुख आकांक्षी पौडेल र महामन्त्री शशांक कोइराला पछि हटे पनि शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमति सहमति हुन नसके पछि इतर पक्षको बैठक सांझ बिना निष्कर्ष टुंगिएको थियो ।
आज सहमति हुन नसकेपछि भोलिपनि नेताहरु बसेर सहमतिको प्रयास गर्ने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक समेत बस्नेछ भने त्यहाँ वृहत छलफल गरेर सभापतिका दावेदार नेताहरुसँग पनि बैठक बस्ने तयारी छ ।
छलफलमा संस्थापन इतरपक्षका सभापतिका उम्मेदवारका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा।शेखर कोइराला र डा।शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु पनि सहभागी थिए ।
उता संस्थापन समूहको आज बिहान बसेको बैठकले सभापतिमा बर्तमान सभापतिलाई नै उठाउने निर्णय गरेको छ।

