गतिशील कांग्रेस बनाउने प्रतिबद्धतासहित सहमहामन्त्रीमा किशोरसिंह राठौरको उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठौर सह–महामन्त्रीमा उठ्ने भएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा उनले उम्मेदवारी घोषणा गरेका हुन् । अहिले केन्द्रीय समितिमा रहेर प्रभावकारी भूमिका खेलेका उनी युवामाझ लोकप्रिय छन् । पार्टी संगठन निर्माणमा देशव्यापी अभियान चलाएका उनले खस आर्यको कोटाबाट सह–महामन्त्रीमा उम्मेदवारी दिने भएका हुन् । ‘पार्टी अब युवाले हाँक्छन् त्यसको लागि नेतृत्वदायी भूमिकामा पुग्नु जरुरी छ’ उनले भने ‘पार्टीलाई गतिशील र जुझारु बनाउने मसँग प्रशस्तै योजना छन् ।’ प्रतिनिधिसभाका सांसदसमेत रहेका उनी कांग्रेसको पक्षमा माहौल राम्रो भएकाले पनि पार्टीले आगामी दिनमा थप जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउँछन् ।
उनले सबै मतदातासँग सहयोगको अपेक्षा गरेका छन् । ‘म पद ओगट्न र सह–महामन्त्री भएँ भनेर गमक्क पर्न उम्मेदवार भएको होइन’ उनले भने ‘पक्कै पनि केही गरेर देखाउँछु त्यसमा शंका गर्नु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्