यस्तो छ माघ १२ गते हुने राष्ट्रिय सभा निर्बाचनको कार्यतालिका



काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलले राष्ट्रिय सभाको निर्वाचन प्रकृया पुष १ गतेदेखि शुरु हुने जानकारी दिएका छन्।

उनका अनुसार पुष १ गते देखि १० गते सम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ । आयोगले मातहतका कार्यालयमार्फत पुस १७ गते मतदाता नामावली सार्वजनिक गर्नेछ। मतदाता नामावलीमा नाम छुटेका व्यक्तिले नाम समावेशका लागि सोही दिन दर्खास्त दिन सक्नेछन्। पुस १९ र १९ गते निवेदन तथा उजुरी उपर छानविन गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ।

आयोगका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए।

२१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्