सोलुखुम्बु : अनेरास्ववियुको ११ औं सम्मेलन पुष १ र २ गते गर्ने निर्णय
सोलुखुम्बु।अनेरास्ववियु सोलुखुम्बुले ११ औं जिल्ला सम्मेलन पुष १ र २ गते गर्ने निर्णय गरेको छ।

हिजो सम्पन्न आयोजक कमिटी सचिवालय बैठकले सम्मेलन पौष १ र २ गते गर्ने निर्णय गरेको हो।यस अघि तय गरिएको मितिमा अनेमसंघ सोलुखुम्बुको जिल्ला सम्मेलन परेका कारण मिति पर सारिएको सचिवालय सदस्य एबम् प्रचार बिभाग प्रमुख मिलन नाछिरिङ राईले जानकारी दिए।
नाछिरिङका अनुसार प्रारम्भिक कमिटी गठन गर्न बाँकी रहेका विद्यालयहरुमा आगामी मंसिर २४ गतेभित्र कमिटी गठन गरि २६ गते जिल्ला कमिटीको पुर्ण बैठक बस्ने निर्णय पनि बैठकले गरेको छ।
यसैबीच,अनेरास्ववियु श्री हुगाँ मावि सोताङ प्रारम्भिक कमिटी र बिधालयको सहकार्यमा अध्यक्ष साम्रागी राईको नेतृत्व, विद्यार्थी, शिक्षकहरुको सहयोगमा शुक्रबार गाउँघर सरसफाई कार्यक्रमको आयोजना गरिएको जनाउँदै रचनात्मक कामको निर्न्तरताका अनेरास्ववियुले शुभकामना समेत दिएको छ।
यो प्रसंसनिय कार्यको लागि अनेरास्ववियु हुँगा मा बि सोतङ कमिटी लाई हार्दिक बधाई तथा यस्तै रचनात्मक कार्यको शुभकामना ।

