एमाले अध्यक्ष ओलीले पदभार ग्रहण गर्दै भने,- ‘ताजा जनादेशमा जानुको विकल्प छैन’
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताएका छन् ।

१० औं महाधिवेशनबाट पुनस् अध्यक्षमा निर्बाचित ओलीले शुक्रबार पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्दै वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताउंदै सो कुरा बताएका हुन् । उनले सत्तारुढ पाँच दलीय गठबन्धनलेलोकतन्त्रको आधार भत्काएको तथा मुलुकलाई भद्रगोल र गतिहीनताको अवस्थामा पुर्एकाले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको स्पष्ट पारे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने बताएका छन् । शुक्रबार थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले संसद बैठक चल्न नदिने बताएका हुन् । उनले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका सांसदहरु बैठकमा आउने भएकाले आफूहरुले संसद बैठक चल्न दिन नसक्ने बताए ।
उनले गैरसांसदलाई राखेको बैठकलाई एमालेले चल्न दिन नसक्ने बताए । अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले सत्तारुढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘व्यवस्थापिका २८ गते बोलाइएको छ । किन बोलाइएको हो रु अब त्यहाँ सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला । तर हामीले निष्कासन गरेका व्यक्तिहरु, निष्कासित व्यक्तिहरु संसद भित्र राखेर संसद कसरी चल्न सक्छ रु निमयले गैरसांसदलाई सभामा बस्न दिँदैन ।’

