राप्रपा महाधिवेशन : को-को भिड्दैछन् पदाधिकारीमा?



काठमाडौं।राप्रपाको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका कमल थापा र राजेन्द्र लिङ्देनले आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारहरुको टुंगो लगाएका छन् ।

राप्रपा सम्बद्ध श्रोतका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् ।

यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ । यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा।धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ ।

बुधबारबाट सुरु भएको महाधिवेशनका क्रममा राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्