माप्यदुधकोशी : माओवादी केन्द्रको ६ नं वडा सम्मेलन सम्पन्न



सोलुखुम्बु ।नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०माप्य दुधकोशी गाउँपालिका वडा न। ६ को प्रथम सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनले भिमराज राईको अध्यक्षतामा ३७ सदस्यीय पार्टी वडा कमिटी, सगुजित राईको संयोजकत्वमा ५३ सदस्यीय वाइसीएल नेपाल वडा कमिटी र हिरादेवी थापाको अध्यक्षतामा २१ सदस्यीय अनेमसंघ (क्रान्तिकारी)को वडा कमिटी गठन गरेको नेकपा माओवादी केन्द्रका नेता गणेश कुमार राईले जानकारी दिए। ।

जिल्ला समन्वय समितिका कार्यालय सदस्य तथा स्कुलिङ विभाग प्रमुख क। महेन्द्र बहादुर राई ‘महेश ‘को प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा वडा निर्वाचन आयोगमा रहनुभएका निर्वाचन अधिकृत सूर्य कुमार राई, सदस्यहरु पुर्णिमा राई र शर्मिला राईको उपस्तिथि रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्