मुख्यमन्त्री बनेको एक महिनापछि बिश्वासको मत लिंदै कर्णालीका मुख्यमन्त्री शाही



काठमाडौं।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (बुधबार) विश्वासको मत लिँदै छन्।

आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा शाहीले विश्वासको मत लिन लागेका हुन् ।

हिजोको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पार्टीको महाधिवेशनका कारण उपस्थित हुन नसकेपछि शाहीले आज विश्वासको मत लिन लागेका हुन् ।शाहीले हिजो प्रस्ताव मात्र पेस गरेका थिए ।

कानुनअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । शाही नियुक्त भएको आज २९ दिन भइसकेको छ । शाही गत कात्तिक १६ गते मुख्यमन्त्री भएका थिए

प्रतिक्रिया दिनुहोस्