एमाले नवनिर्बाचित पदाधिकारी र सदस्यहरुको सपथ सौराहामै हुने
चितवन ।नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रम चितवनमै हुने भएको छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालले मत परिणाम सार्वजनिक भएलगत्तै शपथग्रहण कार्यक्रम चितवनको सौराहामै हुने जानकारी दिए ।

त्यस्तै पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक पनि महाधिवेशन स्थल सौराहामै हुने तय भएको नेता रिजालको भनाइ छ ।
‘नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल, सौराहामै हुने तय भएको छु उनले फेसबुकमार्फत जानकारी दिएका छन् ।
एमालेको नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना जारी छ । मतगणनाको परिणाम दुई घण्टामा आउने बताइएको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ ।

