धमाधम उम्मेदवारी दर्ता गर्दै एमाले नेताहरु



चितवन।नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

महासचिवका सशक्त दाबेदार एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेको जारी १० औं महाधिवेशनअन्तरगत पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

उपाध्यक्षका लागि रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन् ।यही क्रममा सचिबमा भिम आचार्यको पनि उम्मेदवारी दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस्