सोलुखुम्बु : माओवादी केन्द्र नेचासल्यानमा भट्टराई, लिखुपिकेमा बस्नेत



सोलुखुम्बु।नेकपा माओवादी केन्द्र नेचासल्यान गाउँपालिका कमिटीको अध्यक्षमा सिताराम भट्टराई चयन भएका छन्।

शनिबार सम्पन्न प्रथम गाउँपालिका सम्मेलनले भट्टराईलाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो। ५५ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा सविना राई, सुबास राई र थिर बहादुर बस्नेत (शिव), सचिवमा विएस राई, सहसचिवमा तेज राई र कोषध्यक्षमा तिलक राई रहेकोे नवनिर्बाचित अध्यक्ष भट्टराईले जानकारी दिए।

सम्मेलनको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका इन्चार्ज एवं जिल्लाका संघिय सांसद हेम कुमार राई ९सुरबीर० उद्घाटन गरेका थिए।कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष गोम्बुु शेर्पा (कर्ज्याङ), सचिव असिम राई सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी,सोही पार्टीको शनिबार सम्पन्न सम्मेलनले लिखुपिके गाउँपालिका कमिटी अध्यक्षमा संखर बस्नेतलाई चयन गरेको छ । ५५ सदस्य गाउँ कमिटीको उपाध्यक्षमा फुरे तामाङ, कैलाश बस्नेत र देबीलाल बिश्वकर्मा चयन भएका छन् । यस्तै सचिवमा कमल बस्नेत र कोषध्यक्षमा गायत्री खतिवडा र प्रदेश प्रतिनिधिमा डम्बरबहादुर बस्नेत, जेनी शेर्पा, प्रमिला बस्नेत र देउता बस्नेतलाई चयन गरेको माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ।

शुक्रवार सम्पन्न सोलुदुधकुण्ड नगरपालिका समितिको सम्मेलनले अध्यक्षमा दिपक श्रेष्ठलाई चयन गरेको थियो भने खुम्बु पासाङ ल्हामु गाउँपालिका सम्मेलन गत महिना कार्तिकमै सम्पन्न भएको थियो।पार्टी जिल्ला समन्वय कमिटी सचिब असिम राईले उद्घाटन गरेको सम्मेलनले अध्यक्षमा दिपक भुजेल चयन गरेको थियो ।

जिल्लाका चार स्थानीय तहमा अब सो पार्टीले सम्मेलन गर्न बांकी छ।बांकी रहेका स्थानीय तहमध्ये सोताङमा मंसिर १५ गते, महाकुलुङमा १६ गते, माप्यदुधकोशीमा १८ गते र थुलुङ दुधकोशी गाउँपालिकामा १९ वा २० गते सम्मेलन हुने माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ

प्रतिक्रिया दिनुहोस्