माओवादी केन्द्रले आज मुलुकभरका सबै स्थानीय तहमा अधिबेशन गर्दै



काठमाडौँ ।११-१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीमा रहेको सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र०ले आज शनिबार ७५३ वटै स्थानीय तहमा एकैपटक अधिवेशन गर्ने भएको छ।

पालिका सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन् ।माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए । पालिका सम्मेलन २५ मंसिरमा हुनेछ ।

आजै सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्