जात र भूगोलका आधारमा नेपाली विभाजित भएको भन्दै जनमत पार्टीले सुरु गर्‍यो ‘जनमत माटीयात्रा



बुटवल। सिके राउतको नेतृत्वको जनमत पार्टीले एकताको सन्देश दिने गरी जनमत माटी यात्राु सुरु गरेको छ। पूर्व मेची देखी पश्चिमको महाकाली सम्म पुग्नेगरि जनमत माटी यात्रा सुरु गरेको हो।

बुद्धको जन्मस्थल लुम्बिनीमा एक कार्यक्रम गरि जनमत पार्टीका केन्द्रिय सचिव एवम रुपन्देही जिल्ला समितिले लुम्बिनीको माटो केन्द्रिय अध्यक्ष डाक्टर सिके राउतलाई हस्तान्तरण गर्दै यात्राको शुभारम्भ गरेका हुन्। पूर्वदेखि पश्चिमसम्मको स्थानीय तहका माटो संकलन गर्ने र अन्तिममा एउटा उद्यान बनाउका लागि प्रयोग गरिने अध्यक्ष रावतले बताए। उद्यान बनाउने लक्ष्य राखिएको भएपनि उद्यान कहाँ बनाउने भन्ने टुंगो लागिसकेको छैन।

उनले यो यात्रा लगातार नभई चरणवद्ध रुपमा गरिने र अहिलेलाई ३ जिल्लामा मात्र गरिने बताए। नेपालीहरु जात र भूगोलका आधारमा विभाजित भएको भन्दै यो अभियानले एकताको सन्देश दिन खोजेको बताए।

प्रतिक्रिया दिनुहोस्