एमाले स्थायी कमिटी बैठक आज बस्दै,यस्तो छ कार्यसूची



काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । सोमबार दिउँसो ५ बजेका लागि बोलाइएको बैठक स्थगित गरी मंगलबार बिहान ११ बजेका लागि सारिएको हो ।

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनित प्रतिनिधि छनौटका सम्बन्धमा निर्णय गर्न बैठक डाकिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।

एमालेको मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पाँच प्रतिशत मनोनित प्रतिनिधि छनौटको टुङ्गो स्थायी कमिटी बैठकले गर्ने छ । यसअघि महाधिवेशनका लागि गएको कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्