सोलुखुम्बु : अनेमसंघले मंसिर २४ र २५ गते चौथो जिल्ला सम्मेलन आयोजना गर्ने



सोलुखुम्बु।अखिल नेपाल महिला संघ सोलुखुम्बुले आगामी मंसिर २४ र २५ गते चौथो जिल्ला सम्मेलनको आयोजना गर्ने भएको छ।

जिल्ला सम्मेलन आयोजक समिति संयोजक सरस्वती कुलुङ्गको अध्यक्षता हालै सम्पन्न बैठकले सो निर्णय गरेको एमाले नेतृ एबम् सोलुधुकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईले जानकारी दिइन।राईका अनुसार सम्मेलनमा जिल्लाभरबाट झन्डै डेढ सय प्रतिनिधि सहभागी हुने छन् ।

जिल्ला भरका ५२ वटा वडा र ६ वटा पालिकामा अनेमसंघको नयाँ नेतृत्व चयन भइसकेको अनेमसंघ सोलुले जनाएको छ। बांकी रहेका नेचासल्यान र माप्यदुधकोशीमा २० गतेभित्र सम्मेलन सम्पन्न गर्ने निर्णय सो बैठकले गरेको अनेमसंघकी नेत्री सम्झना घिमिरेको भनाई छ।

सम्मेलनमा आयोजक समितिका पदाधिकारी तथा सदस्य, नेकपा एमालेको जिल्ला कमिटीमा रहेका महिला सदस्य तथा जिल्ला कमिटीले यसअघि प्रत्येक पालिकाबाट सिफारिस गरेका ५ जना र जिल्लाका ५२ वडाबाट १र१ जना प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्